Home / Society / क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीसहित २३ जनामा कोरोना पुष्टि

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीसहित २३ जनामा कोरोना पुष्टि

लहान । सिरहामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहा नगरपालिका अन्तर्गतका रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीसहित २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा असार ४ गते स्वाब परीक्षणका लागि पठाएको थियो । त्यस मध्ये गरिएको परीक्षणमा ५ जना कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि भएको हो ।

१३ देखि ८० वर्ष उमेर समूहका ४ जना महिला र १९ जना पुरुष कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख यादवले बताए ।

संक्रमण पुष्टि भएका कर्मचारी र अन्यलाई आइसोलेसनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए ।

यसअघि असार ७ गते सिराहामा ५२ जना नयाँ संक्रमित थपिएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *