Home / Politics / राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द लाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाइ ज्ञापन गरेका हुन्।

सन्देशमा राष्ट्रपति भण्डारीले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन्। भारतका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन्।

त्यसैगरी, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *