Home / Nepal / आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज २१ सेप्टेम्बर अर्थात् विश्व अल्जाइमर दिवस। अल्जाइमरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा सन् २०१५ मा गरिएको एक अध्ययनानुसार ७८ हजार अल्जाइमरका बिरामी थिए। यो प्रत्येक २० वर्षमा दोब्बर हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

सन् १९१० मा पत्ता लागेको यो रोग सन् २०५० सम्म प्रत्येक ८५ मध्ये एकजनालाई देखिन सक्ने विश्व स्वास्थ्य संगठनको आकलन छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच करोड मानिसमा डिमेन्सियाको समस्या छ।

डिमेन्सिया अल्जाइमरको सुरुवाती कारण हो, यो मस्तिष्कमा आउने परिवर्तनहरूका कारणे बढ्दै जाने गर्छ । लामो समयसम्म डिमेन्सिया भएका व्यक्तिहरूलाई अल्जाइमर हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *