Home / Nepal / News / श्रीमानको हत्यामा संलग्न एक महिला पक्राउ

श्रीमानको हत्यामा संलग्न एक महिला पक्राउ

लहान :सिरहामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४, निपनिया कुटीटोल निवासी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरा रहेकी छिन्। उनलाई आफ्ना ३९ वर्षीय श्रीमान दुखरन महराको हत्याको आरोपमा सोमबार पक्राउ गरेको हो।

दुखरनको गत भदौ १८ गते भारतको बिहार, जयनगरस्थितज्ज्ज्ज, बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ।

महरा दम्पतीका चार छोराछोरी छन् । वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *