Home / Politics / नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक जारी

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक जारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक जारी छ। बैठक बिहान ११ बजेपछि पेरिसडाँडामा बसिरहेको छ। आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ।

पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ।

आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ। पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *