Home / Nepal / News / कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै

कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै

काठमाडौं : स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै छ। यो सो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ। ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने छ।

पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको तर यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यो सिजन गत वर्षकोभन्दा भव्य हुने बताए।

कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ। काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ।

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन्। कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन्। त्यस्तै कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन्।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए। पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *