Home / Nepal / News / बहराइन राजपरिवारका सदस्यसहितको १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइन राजपरिवारका सदस्यसहितको १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं : बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सगरमाथा आरोहणका लागि उक्त टोली आगामी चैत २ गते (१५ मार्च) मा बहराइनबाट नेपाल प्रस्थान गर्ने निश्चित भएको नेपाली राजदूतावास बहराइनले जनाएको छ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन्।

बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको भ्रमण दल नेपालमा ७९ दिन बस्ने कार्यतालिका तय भएको छ। टोली विशेष विमानबाट नेपाल आउने छ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टेकस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ।

सो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *