Home / World News / चीनमा कोभिड–१९ विरुद्धको हजारौँ नक्कली खोप बरामद

चीनमा कोभिड–१९ विरुद्धको हजारौँ नक्कली खोप बरामद

बीबीसी : चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ। दर्जनौँ पक्राउ परेका छन्।

चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ। उनीहरुलाई एक उद्योगमा तीन हजार डोज नक्कली खोपसहित फेला पारिएको थियो। अफ्रिकामा तीन चिनियाँ र एकजना जामिबियनलाई एउटा वेयरहाउसबाट पक्राउ गरिएको हो। जहाँ दुई हजार चार सय नक्कली डोज भेटिएको थियो।

इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल)मा यसबाहेक अन्य थुप्रै नक्कली खोपका नेटवर्कहरुबारे खबर प्राप्त भइरहेको रिपोर्ट गरिएको छ। कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा २५ लाख मानिसको ज्यान लिइसकेको छ भने ११ करोडभन्दा धेरै संक्रमित भइसकेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक छ। योसँगै कोभिडसम्बन्धी अपराधहरु पनि बढ्दो रूपमा फेला परिरहेकाले इन्टरपोलले सावधानीपूर्वक अनुसन्धान गरिरहेको छ।

नक्कली खोपको नेटवर्क पत्ता लगाएको घोषणासँगै इन्टरपोलले हाल कुनै पनि स्वीकृत खोप अनलाइन खरिद गर्नका लागि उपलब्ध नभएको जनाएको छ। “कुनै पनि खोप यदि वेबसाइटहरुमा या डार्कवेबमा विज्ञापन गरिएको छ भने त्यो अवैध हुनेछ र परीक्षण नगरिएको खोप हुन सक्ने हुँदा खतरनाक हुनेछ,” इन्टरपोलले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *