Home / Nepal / News / गत २४ घण्टामा ८ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि ११ जनाको मृत्युु

गत २४ घण्टामा ८ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि ११ जनाको मृत्युु

काठमाण्डाै:गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि संगै देशभर कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यसै गरी ३ सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १९ हजार ५ सय ४ पुगेको मन्त्रालयको बिज्ञप्तिमा जनाइएको छ।

अझै देशभरीमा १४ हजार ७ सय भन्दा बढी सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन। यसैगरी ९ हजार ८ सय ३२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उहाँका अनुसार पछिल्लो २४ घन्टामा महोत्तरीमा ३ बारामा २, कैलालीमा २, मोरङ, भक्तपुर, बाँके र काठमाण्डौमा १/१ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *