Home / Society / जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने ६० जना भारतीयको समूह र सशस्त्रबीच झडप

जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने ६० जना भारतीयको समूह र सशस्त्रबीच झडप

काठमाडौं । सर्लाहीको नारायणपुर सीमानाका भएर नेपाल प्रवेश गर्न खोज्ने भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने ६० जना भारतीयको समूह र उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउने सशस्त्र प्रहरीबीच झडप भएको हो ।

भारतीयको समूहले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । भारतीय नागरिकको समूहले गरेको आक्रमणमा परी तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

आक्रमणमा उत्रिएको समूहका एक भारतीयलाई नियन्त्रणमा दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले जानकारी दिए ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *