काठमाडौं : आज ६८औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइँदै छ।
सन् १९५४ देखि यो दिवस विश्वभर कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले मनाउन थालिएको हो।
नेपाल कुष्ठरोग निवारण संस्थाका अनुसार नेपाल सरकारले सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो। तर तराईका १६ जिल्लामा बर्सेनि तीन हजार कुष्ठरोगका बिरामी भेटिने गरेको छ। प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ।
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) र माइकोब्याक्टेरियम लेप्रेको संक्रमणबाट लाग्ने गर्दछ।






