सर्लाही : सर्लाहीको ईश्वरपुरमा नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ।
बालविवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन्। ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेको बताइएको छ। बालिकाले विवाहभन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी छिन्।
सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी–१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो।
‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दु:खद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन्।






