कावासोती : बिहीबार रातिदेखि पहिरोमा परी बेपत्ता तीनजनाको शव फेला परेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परी बेपत्ता तीनैजनाको शव शनिबार दिउँसो फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। पहिरोमा पुरिएर एकै घरका तीनजना बेपत्ता भएका थिए।






