काठमाडौं : मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–१४, पिपरा बस्ने २८ वर्षीय राधे पटेल रहेका प्रहरीले जनाएको छ।
वीरगन्ज महानगरपालिका–१३, तेजारथ टोल बस्ने ३१ वर्षीय सुशीम अधिकारीको घरमा पार्किङ गरी राखिएको ना२२प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलको लक खोली चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले मोटरसाइकल धनीको सहयोगमा उक्त मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।






