काठमाडौं : भक्तपुरको बिस्केट जात्राको रथ शनिबार दिउँसो २ बजेदेखि तान्न सुरु गरिने भएको छ।
भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर रथ यात्रामा नगरपालिकाले तोकिएका मानिसभन्दा बाहेकलाई नचढ्न र रथ नतान्न अनुरोध गरेको छ।
भैरवनाथका नामले समेत चिनिने रथ तान्नका लागि भक्तपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा दिने व्यवस्था मिलाएको छ।
भक्तपुर नगर क्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल, विद्युत प्रसारण नियमित गर्न विद्युत प्राधिकरण र टेलिफोन तथा इन्टरनेट सेवाका लागि नेपाल टेलिकमलाई जिम्मा दिइएको छ।
नगरपालिकाले भोलिदेखि ०७८ वैशाख ५ गतेसम्मको जात्रा चलाउने तालिका सार्वजनिक गरेको छ।






