Home / Nepal / News / टुँडिखेलमा मनाइयो सेना दिवस

टुँडिखेलमा मनाइयो सेना दिवस

काठमाडौं : नेपाली सेनाले हरेक वर्ष झै महाशिवरात्रिका दिन औपचारिक कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो।

टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो।

सेनाले कार्यक्रममा विभिन्न साहसिक खेल तथा झाँकी प्रस्तुत गरेको थियो। सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सब-युनिटले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन्।

काठमाडौंको सैनिक मञ्चमा बिहीबार परेड तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो। समारोहमा सेनाले आफ्नो सौर्य कौशलको प्रदर्शन आकर्षक देखिएको थियो।

कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्यान्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झन्डा र सेना दिवस-२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो। यसको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *