काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्। उनिहरु ठाकुर र यादव एउटै गाडीमा चढेर बालुवाटार पुगेका हुन् ।
आजै बसेको जसपा पदाधिकारी बैठकले अहिलेको राजनीतिक निकासका लागि सबै दलका शीर्ष नेताहरुसँग संवाद गर्ने निर्णय गरेको थियो।
लगत्तै उनीहरु नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न पुगेका हुन्।






