Home / Nepal / News / त्रिशूलीमा ट्रक खस्दा दुईजना घाइते

त्रिशूलीमा ट्रक खस्दा दुईजना घाइते

चितवन : पृथ्वी राजमार्गको चुुम्लिङटारबाट त्रिशूली नदीमा ट्रक खस्दा दुईजना चालक र सहचालक घाइते भएका छन्। घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन्।

काठमाडौंतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक गए राति २ बजे दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *