काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता नवीन्द्रराज जोशीको यही फागुन १४ गते मस्तिष्कघात भएपछी उनी नर्भिक अस्पतालमा उपचाररत छन्। उनी अझै कोमामै छन्।
उनको स्वास्थ्य अवस्था बुझ्न आज कांग्रेस सभापति शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग उनको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको विषयमा जानकारी लिएका थिए।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको, भेन्टिलेटरको सपोर्टमा रहेको जानकारी गराएका थिए।






