Home / Sports / अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै ८०औं मिनेट सम्म अर्जेन्टिना १-० ले अघि

अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै ८०औं मिनेट सम्म अर्जेन्टिना १-० ले अघि

एजेन्सी- कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए थिए ।

रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा ब्राजिल एक १-० ले पछी परेको हो।

अहिले खेलको ८० मिनेट चलिरहेको छ।ब्राजिलले दर्जनौं अवसर पाएता पनि सदुपयोग गर्न सकि रहेको छैन्। निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन ।

१३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा ब्राजिलका नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोकेका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *