इलाम जिल्लाको देउमाइ नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।
नगर प्रमुख सूर्यप्रसाद पोख्रेलका अनुशार यस वर्षको नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ ।
सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
यस अघी यस नगरपालिका भित्र बसोबास गर्ने कसैको मृत्यु भएमा दाहसंस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ ।






