Home / Society / कोरोना बिमा बापतको रकम बिमा कम्पनीहरुले भुक्तान नगर्ने

कोरोना बिमा बापतको रकम बिमा कम्पनीहरुले भुक्तान नगर्ने

काठमाडौँ- कोरोना संक्रणको क्षती न्युनीकरणका लागि गरीएको बिमा बापतको रकम बिमा कम्पनीहरुले भुक्तान नगर्ने घोषणा गरेका छन।

बीमक संघका तर्फबाट बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेखेर सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी गर्न नसक्ने जनाएका हुन ।

उनीहरुले सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि अनुरोध गरेका छन् । बीमक संघका अनुसार हालसम्म कोरोनाको दाबी भुक्तानीका लागि परेको १३ अर्ब रुपैयाँभन्दा बढीको दाबी बीमा कम्पनीहरुको क्षमता भन्दा बढी रहेको समेत जानकारी दिएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *