४७ औं संस्करणको कोपा अमेरिका उपाधिका लागि भएको फाइनल खेलमा अर्जेन्टिना ले ब्राजिलालाइ १-० ले पछी पार्दै उपाधी कब्जा गरेको छ।
ब्राजिलको माराकाना स्टेडियममा जारी अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २२ औं मिनेटमा रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई एन्जल डि मारियाले डिबक्स भित्र नियन्त्रणमा लिदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएका थिए ।
१३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिल लाइ हारको बाटो डोर्याएका थिए ।
खेलको २२ औं मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनालाई उपाधी चुम्ने अवसर भएको छ । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा ब्राजिलले हार बेहोर्नु पर्यो






