काठमाडौं । सिनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षका पुरुषमा फेरि कोरोना संक्रमणको पुष्टि भए पछि फेरि त्रास छाएको छ ।
उनी कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार
५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो ।
पाटन अस्पतालमा उपचार गरेर आमा छोरा बैैशाख ११ गते नै घर आएका थिए ।
तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५८ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।






