Home / Nepal / News / पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघको नयाँ कार्यसमिति चयन

पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघको नयाँ कार्यसमिति चयन

काठमाडौं : आज भएको संगीतकार संघ नेपालको १० औं साधारण सभाले पारस मुकारुङको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ।

संघको बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्क्षमा हरि लम्साल, द्वित्तिय उपाध्यक्षमा अस्ट लामा, महासचिवमा बसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा निर्वाचित भएका छन्।

संगीतकार संघको सदस्यमा राजन ईशान, टंक बुढाथोकी, जेम्स प्रधान र कालीप्रसाद बस्कोटा चयन भएका छन्।

संघले विशेषत गीतसंगीतमा आवद्ध स्रस्टाहरुको प्रतिलिपि अधिकार र रोयल्टीको अधिकारका विषयमा आवाज उठाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *