काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिका–२, आँबुखैरेनी बसपर्कस्थित सडकमा ना४ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्युहुनेमा आँबुखैरेनी गाउँपालिका–४, खश्राङवेसी घर भई चितवनको भरतपुर महानगरपालिका क्षेत्रपुर बस्ने २४ वर्षीय रोमन आले रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखौरेनी हाडजोर्नी अस्पताल हुँदै सीएमसी पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






