काठमाडौं : काठमाडौंको कालीमाटी स्थित रविभवनमा रहेको एक अपार्टमेन्टमा विद्युतीय तार सर्ट भएर आगलागी भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी रहेको र आगलागी पनि नियन्त्रणमा आइसकेको छ। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।






