काठमाडौं : नागार्जुन नगरपालिका–२, ठूलोभर्याङस्थित एनआईसी एसिया बैंकको एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा एकजना काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, माछापोखरी बस्ने बैतडीको महादेवस्थान गाउँपालिका–५ का २८ वर्षीय कमलबहादुर धानुक छन् भने उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






