पोर्चुगलविरुद्ध १-० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ।
बेल्जियमका लागि ४२ औं मिनेटमा थोर्गान हाजार्डले गरेको निर्णायक गोल सँगै रोनाल्डोको जारी युरोकप यात्रा समाप्त भएको छ। हाजार्डले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएता पनि पोर्चुगलले कुनै गोल गर्न सकेन। ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स जस्ता हस्तीहरु मैदान उत्रीएता पनि पोर्चुगलको हारलाइ कसैले रोक्न सकेन।
दोश्रो हाफको अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन। अन्तत खेल बेल्जियमले आफ्नो पोल्टामा पार्यो।






