Home / Nepal / News / स्वास्थ्यमन्त्री विरोध खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

स्वास्थ्यमन्त्री विरोध खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

मकवानपुर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गरेका छन्।

उनले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका अबसरमा उनले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै सङ्कटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे। वर्षाैँदेखि काम गर्दै आएका करारका कर्मचारी, चिकित्सक, नर्सलगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने उनले बताए ।

मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आईसीयू कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गरे। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *