सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
वडा नं ३ स्थित भक्तिपुरमा रहेको खलाल दास पोखरीको स्तरोन्नति कार्यको निरीक्षणको क्रममा डोजर (जेसिबी) चालकसँग विवाद भएको र चालकले जेसिबीको बकेटले हानेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक रविन भन्ने हर्कबहादुर तामाङल सँगै रहेको र फर्किने क्रममा राति करिब १० बजे विवाद बढेपछि चालक तामाङले वडाध्यक्ष श्रेष्ठलाई हानेका थिए ।
डोजरको बकेटले हानेर लडाएपछि माटोले पुरिदिएको प्रहरीको भनाइ छ । घटनालगत्तै पुगेको प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा उद्दार गरि जिल्ला अस्पताल मलंगवा पुर्याए लगत्तै चिकित्सकले उनलाइ मृत घोषित गरेका थिए ।
घटनामा संलग्न चालक तामाङसँगै ठेकेदार दाहाललाइ प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान अघि बढाएकाे छ ।






