विराटनगर: कोरोना संक्रमण तिब्र गतीमा बढ्न थालेपछि झापा र सुनसरीमा पूर्ण निषेधाज्ञा लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय झापाले पनि पूर्ण निषेधाज्ञा लगाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले वैशाख ३१ गते सम्मको लागि पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
यस अघी जोर/बिजोर प्रणालीबाट सञ्चालन हुदैँ आएको सार्वजनिक तथा निजी यातायात समेत बन्द गरिएको छ ।
यधपी अत्यावश्यक बस्तुका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
आइतबार रातिदेखि आंशिक निषेधाज्ञा जारी भएको झापा जिल्लामा पनि बुधबार राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी हुने र वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण निषेधाज्ञा लागु हुनेछ ।
A complete ban in Jhapa and Sunsari after the corona infection began to spread rapidly






