दाङ: गए राती दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय चालक विष्णु गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका र उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।






