पोखरा : गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ। मंगलबार साँझ गरीएको आरडिटी परीक्षणमा गुरुङलाई कोरोना संक्रमण भएको हो ।
यसअघि मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर ४ दिनदेखि (आइसोलेसन)मा छन भने गण्डकी प्रदेशका अन्य ४ जना सांसदको पीसीआर रिपोर्ट यस अघी नै पोजेटिभ आइ सकेको छ। मुख्यमन्त्री गुरुङ अहिले आफ्नै निवासमा (आइसोलेसन) मा रहेको बूझीएको छ ।
यस अघी मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव छलफल गर्न सांसदहरु सबैको कोरोना परीक्षण भएकोमा ३ जनाको पोजेटिभ आएको थियो।






