Home / Nepal / News / सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

काठमाडौं : सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एकजना घाइते छन् । सिरहाको को धनगढीमाई नगरपालिका–७, हनुमानचोकमा मोटरसाइकल दुर्घटना भएको हो।

मृत्यु हुने मोटरसाइकल चालक सुखीपुर नगरपालिका–९ का २० वर्षीय श्रवणकुमार महतो रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ ।

स५प २४ ०४ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट कसहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *