काठमाडौं : काठमाडौंको पुरानो बानेश्वरनजिकै बिहीबार बिहान करिब सवा ९ः४५ बजे भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।
काठमाडौं महानगरपालिका–९, पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयभित्र भेटिएको शंकास्पद वस्तु सुरक्षित रूपमा नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो।
डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार तर्साउने उद्देश्यले राखिएको उक्त वस्तु बम भए/नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने जनाइएको छ। “यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्द र्छौँ। यो तर्साउनलाई मात्र राखिएको हो। सर्किट सबै कम्प्लिट भएको छ। यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्युसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन,” क्याप्टेन थापाले भने।






