दीर्घराज प्रसाईं
भारतबर्ष पच्चिसौं राष्ट्रमा विभाजित भएको र समग्र एकीकृत भारतलाई हिन्दुस्थान भनिनुभन्दा अगाडि नैं विक्रम संवत् १८०० तिर नैं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले– ‘नेपाल तखत किल्ला हो । यो असल हिन्दुस्थाना हो” भनेका थिए ।
साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जमति, भाषा, धर्म र क्षत्रीयतालाई संतुलित राख्न र अनेकतामा एकता कायम गर्न सक्ने नेपालको राजसंस्था नैं नेपालको सार्वभौमसत्ता र हिन्दु तथा बौद्धहरुको संरक्षक भएकाले हामी कुनै नेपालीहरुले देशको हितको पनि हिन्दुअधिराज्य र राजसंस्थाको मान्यता गर्न सक्नुपर्छ ।
राजसंस्थाबीना नेपालको सार्वभौमसत्ता सुदृढ हुन सक्तैन । त्यसैले निर्वाचित संसदको नियम कानूनमा आवद्ध हुनसक्ने संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यको व्यवस्था संविधानमा एकीन हुनुपर्छ ।
नेपालको एकीकरण हुनुभन्दा दुईदशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे ।
त्यो समयभन्दा पहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टक्र्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरे ।
हामी नेपालीहरुको लागि सबैभन्दा गौरवको कुरा हो– अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड–नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण गरेको बेलादेखिको नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्य हो ।
हिमवत्खण्ड-‘नेपाल’को यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि‘ भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ ।
कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा ‘’हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेका छन् ।
हामीलाई नेपाली भएर बाँच्नमा गौरव छ । हामी नेपालीहरु राष्ट्रिय एकता, हाम्रा मौलिक संस्कृतिका बिरुद्धको विदेशी हस्तक्षेपबाट मुक्त हुन चहान्छौ.र मुक्त छौं ।
प्राचीनकालदेखि हिमवतखण्ड नेपालमा प्रजातन्त्र यहाँका बासिन्दाले अभ्यास र साधना गर्दै आएको व्यवस्था हो ।
हामीले हरेक जनतालाई नाना, माना र छानाको व्यवस्था मिलाएर स्वतन्त्रताको उपभोग गर्न पाउने अवसरलाई नैं मूलनीतिको रुपमा अपनाउने गछौं ।
धार्मिक स्वतन्त्रता हाम्रो मान्यता हो । आ–आफ्नो धर्म पालन गर्ने सबैको अधिकार हो । तर भ्रम र पैसाको लोभ देखाएर क्रिसिचयनहरुले स्वतन्त्रताको नाममा धर्मपरिवर्तन गराउने, नमाजको नाममा लुट मच्चाएर हिन्दुधमको जग नैं भत्काउनेहरुलाई हामीहरु शत्रु ठान्छौं । त्यस्ताहरुको बिरद्ध सम्पूर्ण हिन्दु जगत नै.सशक्त बन्नुपर्छ ।
नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दु तथा बौद्ध हौं । शेर्पा, तामांग र केही नेवार वौद्ध धर्मप्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो ।
हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मान्हारी, जनै लाउने नलाउने सबै हिन्दु हुन् । आआफ्नो इच्छा अनुसार हिड्न हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ ।
तरः नेपालमा हिन्दु तथा बौद्धधर्मका बिरद्ध जेजस्ता षडयन्त्रहरु भइरहेका छन् त्यस्ता षडयन्त्रको बिरद्धमा हामी हिन्दु तथा बौद्ध जहाँ–जहाँ छौं आफ्नो पहिचान जोगाउन सशक्त बनौं ।
कांग्रेसका गिरिजाप्रसाद, एमालेका माधव नेपाल, माओवादीका प्रचण्डहरुले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर भारत समक्ष नेपालको अस्तित्व बेच्ने काम गरेका थिए ।
सोनिया गान्धी र ‘रअ’ का दाइने हात मानिएका नेपालका पार्टीका नेताहरुले मोदीलाई नेपालमा आउन दिइएन, रोकेका थिए । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी ।’
बितेको १३ बर्षमा नेपालको अधोगति भएको कांगेस (आई) को सरकार र उसको गुप्तचर संस्था ‘रअ’बाट परिचालित पार्टीभित्रका कुख्यात देशद्रोही अपराधीहरुकै कारण हो ।
कांग्रेस (आई)को सरकारले नेपाललाई गणतन्त्र र धर्मनिरपेक्ष बनाउन अनेकौं षडयन्त्र गर्ने गरेको थियो !भारतमा सामान्य व्यक्तिका छोरो नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएका छन् । जनताको अभिमतको अगाडि कसको के चल्दोरहेछ र ?
अव नेपालको स्थायित्व र संरक्षणको लागि कुनै पनि हालतमा हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको लागि बाटो खुलेको छ । मलाई लाग्छ– कांग्रेस, एमाले पार्टीभित्र पनि ८० प्रतिशत भन्दा बढी हिन्दु अधिराज्य तथा राजसंस्थाको पक्षधर छन् ।
माओवादी लगायतका पार्टीभित्रका देशभक्तहरुले पनि बितेको यो १३ बर्षमा गणतन्त्र र धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गर्दै नेपाली जनमानसको मनस्थिति खल्बल्याएर नेपालको अधोगति गराउने कुकार्यहरु भएकाले हिन्दुअधिराज्य तथा राजसंस्था नेपालको लागि अपरिहार्य रहेको कुरा बुझेका छन् ।
मेल मिलापको नितिलिएर स्वदेश फर्कदा बिश्वेश्वरप्रसाद कोईरालाको २०३३ पुन १६ मा देशबासीको नाउमा अपिल – ‘लामो प्रवासकालपछी हामी स्वदेश फर्कदैछौ । एस अवसरमा एक दुइ शब्द देशबासीहरुका नाममा सम्बोधन गर्न उचित ठान्दछु । हाम्रो देश आज संकटमा छ ।
यता केहि बर्ष देखी यो संकट चर्किदै गएको कुरा सबैले महसूस गरेकै हो । यस्ले गर्दा राष्ट्रीय अस्तित्वनै समाप्त हुने स्थिति आएको छ । यस तथ्य लाई अरुले पनी स्वीकारेका छन । यो गम्भीर बास्तबिक्तालाई बुझेर हामी स्वदेश फर्कदै छौ ।
हाम्रो बिचारमा अस्तित्व को संकट पर्नुको कारण राष्ट्रीयताको अभाब हो । यस्ले गर्दा हाम्रो देश मा बिदेसी तत्व कुचक चलाउन र नेपाल लाई अन्तराष्ट्रीय सडेन्त्रको अखडा बनाउन सफल हुन थालेका छन ।
राष्ट्रीय एकता संपूर्ण जनताको सामूहिक प्रयास बाट हुने अभियान र कार्यले स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनी तयार पार्दछ ।
कोरा नाराले मात्र हुने भय १६ बर्षमा राष्ट्रीय एकता यसरी छिन्न भिन्न भयर यस सोचनिय स्थितिमा देशले भोग्नु पर्ने थिएन । आज देशमा स्वार्थपरायणता सम्प्रदायिक्ता , ब्यक्तिबादी मनोबृति र बिदेशपट्टी आमुख हुने प्रबृतिको बोलबाला छ ।
यस्तो परिस्थितिमा सबै भन्दा पहिला हत्या राष्ट्रीयताको हुन्छ ।
हाम्रो संघर्ष प्रजातांत्रिक अधिकारको लागि मात्र थियो त्यो हुनाले हामीले प्रजातांत्रिक पक्षमा मात्र बढी जोड दियौ ।
आज यसमा एउटा नया आयम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेदारी आइपरेको छ । यो दोस्रो जिम्मेदारी हो देशको अस्तित्वको रक्षा गर्ने ।
हामीले बर्तमान नेपालको परिस्थिति दुई मुखे रुप देखेका छौ । भन्नुको तात्पार्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुबै जिम्मेदारी नेपालीले लिनु परेकोछ । यदि हामिले एउटै जिम्बेबारी मात्रको कुरा गर्यो भने हामी एक पक्षिय भएर गलत बाटो तिर लागेका हुनेछौ र यदि हामीले प्रजातन्त्र प्राप्ति मात्र जोड दियौ भने राष्ट्रीय संकटको निबारणमा हाम्रो योगदान रहदैन ।
राष्ट्रीय संकटको घड़ीमा हामी सबैले बितेका अप्रिय बिबाद अनुभब र मत भिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनु पर्छ । मलाई थाहा छैन देश भित्र फर्केर गएपछी म कुन परिस्थितिमा हुनेछु ।
यस बक्तब्यद्वारा नेपाली कांग्रेस को अध्यक्षको हैसियतले सारा देशबासीलाई अपिल गर्न चाहान्छु की राष्ट्रको रक्षा , देशको , उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा सबै एकमत भएर लागौ । राष्ट्रलाई बनाउने जिम्बेबारी सबै नेपालीको जिम्बेबारी हो ।’ -बिश्वेश्वरप्रसाद कोईराला,अध्यक्ष नेपाली कांग्रेस २०३३ पुन १६ ।
विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बाको रुपमा स्थापित राजसंस्था र यसका महत्वहरुलाई जोगाएर नेपालको सार्वभौम अस्तित्व बाँच्नुपर्छ ।
-दीर्घराज प्रसाई






