ओकिनवा। जापानको ओकिनावा प्रिफेक्चरले कोरोना संक्रमण दैनिक तीब्र गतीमा बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
प्रान्त गभर्नर डेन्नी तामाकीले ओकिनावा प्रिफेक्चरमा अगस्त १ तारिक देखि अगस्ट १५ तारिकसम्मका लागि आपतकालिन् अवस्था घोषणा गरेका हुन् ।
स्थानिय सरकारले त्यहाँ बसोबास गर्दै आएका बासिन्दाहरुलाई अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन र अन्य प्रिफेक्चरबाट आउनेहरुलाई ओकिनावा यात्रा सकेसम्म नगर्नको लागि अनुरोध गरेको छ ।
यसका साथै ओकिनवाको अधिक संक्रमण देखिएको नाहा शहरमा रहेका रेस्टुरेन्ट व्यवसायीहरुलाई पसलको समय बिहान ५ बजे देखि राती १० बजे सम्ममात्र खोल्नका लागि पनि अनुरोध गरिएको छ ।
ओकिनवा प्रान्तमा पछिल्ला दिनमा कोरोना संक्रमण द्रुत गतीमामा बढिरहेको छ ।
ओकिनवमा हालसम्म ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






