Home / Nepal / News / पीपीई लगाएर काम गरे पनि स्वास्थ्यकर्मीहरु कोरोनाबाट जोगिन सकेनन् !

पीपीई लगाएर काम गरे पनि स्वास्थ्यकर्मीहरु कोरोनाबाट जोगिन सकेनन् !

एजेन्सी । कोभिड–१९ बाट संक्रमित बिरामीको उपचार र रेखदेख गरिरहेका स्वास्थ्यकर्मीहरुलाई भाइरसबाट जोगाउन पीपीई मात्र पर्याप्त नभएको किङ्स कलेज लन्डनको नयाँ अध्ययनमा पत्ता लागेको छ । 

पन्जा, गाउन, फेस मास्कलगायत पर्याप्त उपकरणहरु पहिरिँदा पनि स्वास्थ्यकर्मीहरु अन्य साधारण व्यक्तिको तुलनामा कोरोना पोजेटिभ हुने जोखिम ३.४ गुणा बढी रहेको अध्ययनले देखाएको हो ।

अनुसन्धानकर्ताहरुले रिपोर्टमा लेखेका छन्, “स्वास्थ्य क्षेत्रमा काम गर्ने २० प्रतिशत भन्दा धेरैले कोरोनाको कम्तीमा पनि एउटा लक्षण देखाउने गरेका छन् । जस्तै उनीहरुमा थकान, गन्ध र स्वाद हराउने, घाँटी दुख्ने, लगायतका लक्षण सबैभन्दा बढी भेटिएको हो ।”

यसमा अनुसन्धानकर्ताहरुले कोभिड लक्षण ट्रयाक गर्ने एपको प्रयोग गरि पछिल्लो दुई महिना २० लाख भन्दा धेरै मानिसको डाटा संकलन गरेका थिए जसमा एक लाख बढी स्वास्थ्यकर्मीलाई पनि सहभागी गराइएको हो । 

यसपछि नै उनीहरुले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुमा प्रति १ लाखमा २७,०० जना संक्रमित हुने गरेको पत्ता लगाएका हुन् जबकी सर्वसाधारणहरुमा चाहिँ यही तथ्याङ्क प्रति एक लाखमा २४० मात्र रहेको छ । 

त्यसैले यो रिसर्चपछि पीपीईलगायतका उपकरण उपलब्ध भए पनि कोभिडको जोखिम रहिरहने स्पष्ट भएको उनीहरु बताउँछन् ।

 यसअघिका अध्ययनहरुमा पनि १० देखि २० प्रतिशत कोरोना संक्रमण, स्वास्थ्यकर्मीहरुमा फेला पर्ने गरेको पत्ता लागेको थियो । 

त्यसैले पनि यो रिसर्चले पीपीइको उपलब्धता पर्याप्त बनाउन र स्वास्थ्यकर्मीहरुको सुरक्षा सुनिश्चित गर्न थप नयाँ रणनीतिहरु आवश्यक रहेको कुरामा सबैको ध्यानाकर्षण गराएको छ ।  यो अध्ययन शुक्रबार जर्नल ल्यान्सेन्ट पब्लिक हेल्थमा प्रकाशित गरिएको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *