के तपाइँ कपाल झरेर दिक्क हुनु भएको छ भने तपाइँलाइ हामी कपाल झर्ने कारणहरु बताइदिने छौं, जसको कारणले तपाईं आफ्नो समस्याको कारण पत्ता लगाउन सक्नु हुनेछ।
कपाल झर्नेलाई मेडिकल भाषामा एलोपेसिया भनिन्छ। आज, यो रोग गलत जिवनसैली बिस्वब्यापी जलबायु परिबर्तन गलत खानपिन जस्ता कारणहरुले बिस्वभरीका एक तिहाई मानिसहरुमा कपाल झर्ने समस्या रहेको पाइन्छ।
कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्दछ भने , अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ। केहि रोगहरू जस्तै मधुमेह, ल्युपस र थाइराइडले पनि कपाल झर्ने समस्या हुन सक्छ।
कपाल थाइराइडको ओभर-एक्टिभ र लो- एक्टिभ दुबैमा झर्ने गर्दछ यदि कपाल झर्यो भने तपाईंलाई थाइराइड पनि हुन सक्छ, यसैले एकपटक थाइराइडको अवस्था पत्ता लगाउनु होस।
तपाईंको आहारमा अपर्याप्त प्रोटीन भिटामिन, आयोडिन, फलामको कारण तपाईंले पनि कपाल झर्ने अर्को कारण हुन सक्छ।
आहारमा अपर्याप्त प्रोटीन वा असामान्य खाना खाने बानी तथा अत्याधिक जन्क फुडले प्रोटीन कुपोषण निम्त्याउन सक्छ जसको कारण तपाइँलाइ थाहा नै नभईकन नै तपाइँको शरीरमा पोषण युक्त तत्वको कमि हुनपुग्छ जसको कारण तपाईंको कपालको समस्या उत्पन्न हुन सक्दछ।
गर्भावस्था, प्रसव, अवस्था तथा किशोर अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउछ यहि हर्मोनमा हुने परिवर्तनले पनि केहि मानिसमा कपाल झर्ने समस्या उत्पन्न हुन सक्दछ।
निद्रा नपुग्नु कपाल झर्नुको अर्को कारण हुनसक्छ किनभने आजकल हरेक मानिसहरुले स्मार्ट फोनको प्रयोग गर्ने गर्दछन जसका कारण राती अबेर सम्म नसुत्ने बानी हुन सक्छ निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुगेर कपाल झर्ने समस्या उत्पन्न हुन सक्दछ।
गलत रसायन र कस्मेटिकका कारण अथवा कपालको उचित हेरचाहको अभाब तथा टिन्ट, ब्लीच, स्ट्राइटनर, आदि कारण मानिसहरूमा कपाल झर्ने समस्या उत्पन्न हुन सक्छ।






