Home / Uncategorized / भारतमा अलपत्र ४ सय नेपाली बिरगंज नाका बाट भित्रदै

भारतमा अलपत्र ४ सय नेपाली बिरगंज नाका बाट भित्रदै

बिरगंज जेष्ठ-१४
लकडाउनका कारण बिगत लामो समय देखि भारतमा अलपत्र परेका करिब ४०० जना नेपालीलाई बुधवार वीरगञ्ज नाकाबाट भित्राइदैछ।

भारतको रक्सोल र आसपासका क्वारेन्टाइनमा रहेका उनीहरुलाई नेपाल भित्राउन बिरगंजमा प्रहरी प्रशासन प्रसासन बिहानै देखि नाकामा खटिएका छन।

लकडाउनका बेला भारतका विभिन्न स्थानबाट आएर रोकिएका उनिहरुलाइ भित्र्याउन लागिएको पर्सा प्रहरिले जनाएको छ ।

दुई महिनादेखि भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरु केहिदिन अघि रक्सौल आएका उनिहरु भारतिय निकायबाट प्रवेश अनुमती नपाएर रोकिएका थिए।

उनिहरुलाइ सिमानामा निसंक्रमण गरेर स्वास्थ्य परिक्षण पछि नेपाल प्रबेश गरिने प्रहरीले बताएको छ।

नेपाल भित्राइएका उनिहरुलाइ विभिन्न क्वारेन्टाइनमा पठाइने श्रोतले बताएको छ। सम्भव भएसम्म उनिहरुलाइ सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा पठाइने र त्य्सकालागी कति जिल्ला बाट गाडी समेत बिरगंज पुगिसकेका छन ।

नेपाल भित्रिएका उनिहरुलाइ आफ्नै ठाउँमा पठाउन स्थानीय तहसँग समन्वय भैरहेको जानकारी पर्सा प्रहरीले ले दिएको छ।

थोरै मानिस मात्र रहेका स्थानीय तहले भने पर्साकै क्वारेन्टाइनमा राखिदिन अनुरोध गरेका छ्न । नेपाल भित्रिने मध्धे करिब १ सय ५० जनालाई वीरगन्जमै क्वारेन्टाइनमा राखिने प्रहरिले जनाएको छ।

बिरगंज नाकाबाट त्यतिनै संख्यामा भारतिय नागरिक बाहिरिने समेत पर्सा प्रहरिले जानकारी दिएको छ।

उनिहरुलाइ सिमानामा निसंक्रमण गरेर स्वास्थ्य परिक्षण पछि नेपाल प्रबेश गरिने प्रहरीले बताएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *