विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार ४ सय ३५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म ५६ लाख ५३ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वभरबाट २४ लाख १८ हजार ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
सबै भन्दा धेरै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ४ सय ९५ छ ।
कुल संक्रमितको संख्या १७ लाख २३ हजार ४ सय २८ पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा कोरोना उपचारपछि ४ लाख ७७ हजार ३ सय १४ जना निको भएर घर फर्किएका छन् ।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ४ छ । कुल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
त्यस्तै हालसम्म नेपालमा कोरोना उपचारपछि १ सय ५५ जना निको भएर घर फर्किएका छन् ।
may 26, 2020 , 22:24 GMT





