Home / Politics / सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १० जना बढी घाइते

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १० जना बढी घाइते

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । 

सामान्य विवादका क्रममा दुई पक्षबीच झडप हुँदा १० जना बढी घाइते भएका छन् । 

घटना सामान्य भएपनि पछि उग्र बन्दै गएपछि झडपमा परिणत भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए । 

एक प्रहरी अधिकारीका अनुसार ट्याक्टरले मोटरसाइकललाई धक्का दिएको भन्दै विवाद सुरु भएको हो । त्यही विवाद बढ्दै जाँदा राजनीतिक रुपमा झडप भएको हो । झडपका क्रममा गोली चलेको बताइए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *