Home / Society / पछिल्लो २४ घन्टामा देशभरीमा १ हजार ३९ जनामा संक्रमण १ हजार १ सय ७३ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा देशभरीमा १ हजार ३९ जनामा संक्रमण १ हजार १ सय ७३ जना डिस्चार्ज

काठमाडौँ: पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ।नेपालमा कोरोनाबाट हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७३ जना कोरोना जितेर डिस्चार्ज भएका छन।

यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

यो संख्या देशभर थपिएका कोरोना संक्रमितको संख्याको आधाभन्दा बढी हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै १६ ९ जना आइसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *