युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बिहिबार बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २१ लाख १२ हजार ७९९ आवेदन योग्य आवेदक मध्धे ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन भने बाँकी
१५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशत आवेदक रित्तो हात फर्कीएका छन।






