Home / World News / कोरोनाका कारण बिस्वभरिमा ज्यान गुमाउनेको संख्या ७ लाख २२ हजार भन्दा बढी नेपालमा ७० जना

कोरोनाका कारण बिस्वभरिमा ज्यान गुमाउनेको संख्या ७ लाख २२ हजार भन्दा बढी नेपालमा ७० जना

काठमाडौं: कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ७ लाख २२ हजार ५ सय नाघेको छ ।

सोमबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ७ लाख २२ हजार ५ सय ९ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ६२ हजार ९ सय २४ जनाको ज्यान गएको छ भने ब्राजिलमा ९९ हजार ५ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ९५ लाख भन्दा बढिमा कोरोना संक्रमण देखिसकेको छ।
यसमध्ये १ करोड २५ लाख २८हजार भन्दा बढि निको भएर घर फर्किसकेका छन् ।

नेपालमा २२ हजार २ सय १४ जना संक्रमीत मध्धे ७० जनाले ज्यान गुमाएका छ्न भने १५ हजार ८ सय १४ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।
बिगत २४ घन्टामा ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *