Home / Nepal / News / एकै दिन थप ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

एकै दिन थप ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं । आज थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको गौतमले बताए । यसतै, हालसम्म ८६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *