Home / Society / जापानबाट ६ जना नेपाली घर फर्किए

जापानबाट ६ जना नेपाली घर फर्किए

टोकियो । जापानको नेपाली दूतावासले आज ६ जना नेपालीलाई नेपाल फर्काएको छ ।

‘भिजिट भिषा’मा जापान आएका, ‘ट्रेनिंग’ सकिएका र गम्भीर बिरामी परेका गरी ६ जनालाई नेपाल एअर लाएन्सको चार्टर विमान मार्फत नेपाल पठाएको दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

‘वर्किङ्ग भिषा’मा जापान बस्दै आएका काभ्रे जिल्लाका ३५ वर्षीय युवा सहित ६ जनालाई नेपाल पठाइएको हो । ती युवाले जापानको हस्पिटलमा लामो समय क्यान्सरको उपचार गराइरहेको र अवस्था थप जटिल बन्दै गएपछि नेपाल पठाइएको दूतावासले बाताएको छ ।

आज नेपाल पठाइएकाहरुमा क्यान्सर पीडित बिरामीका श्रीमती सहित २ जना ‘भिजिट भिषा’मा जापान आएका र अरु २ जना ‘ट्रेनिंग’ सकिएका डाक्टर र इञ्जिनिएर रहेका छन् ।

‘बिरामीको अबस्था गम्भीर भएकाले उद्धार गरि नेपाल फ़र्काइएको हो’ एनआरएन जापानकि संगीता अधिकारीले भन्नुभयो ‘डाक्टरलेनै स्वदेश फर्काउन सुझाव दिएपछि दूतावाससंगको सहकार्यमा नेपाल फर्काएका हौँ।’

अरुलाई पनि आवश्यकताका आधारमा नेपाल फर्काउने पहल भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *