Home / Society / कोभिडका कारण मृत्यु भएमा ५० हजार राहत पाउने

कोभिडका कारण मृत्यु भएमा ५० हजार राहत पाउने

इलाम जिल्लाको देउमाइ नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।

नगर प्रमुख सूर्यप्रसाद पोख्रेलका अनुशार यस वर्षको नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ ।

सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

यस अघी यस नगरपालिका भित्र बसोबास गर्ने कसैको मृत्यु भएमा दाहसंस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *