काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी अहिले दुई भागमा बिभाजन भएको छ। यसैबीच नेकपा केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा उनीहरुले र्यालीसहितको प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्वेटको भेलालाई सम्बोधन गर्न पुगेका छन् ।
ओली समूहमा समर्थित अनेरास्ववियूले राजधानीमा आज प्रदर्शन गरेका हुन्।









